एजेन्सी:= अमेरिकाकी प्रसिद्ध र्यापर कार्डी बीले युट्युबर टासा केविरुद्धको मानहानी मुद्दा जित्नु भएको छ । र्यापर बीले युट्युबर केविरुद्धको मानहानी, गोपनियता भंग गरेको र जानीजानी भावनात्मक ठेस पुर्याएको भनी दायर मुद्दा जित्नुभएको हो । साथै उहाँँले क्षतिपूर्ति पनि पाउनुभएको छ ।
के टासा नामबाट परिचित युट्युबर लटासा ट्रान्सरिना केबेले र्यापर बीका प्रशंसकहरूको अगाडि उहाँँको प्रतिष्ठा गिराउने प्रयास गरेको भनी सन् २०१९ मा जर्जियाको उत्तरी जिल्लामा अवस्थित अमेरिकी जिल्ला अदालतमा दायर मुद्दा दर्ता भएको थियो ।
‘केबेले प्लेनटिफको बारेमा धेरै झुटा र अपमानजनक कथनहरू प्रकाशित गरेको, जसमा प्लेनटिफ एक वेश्या भएको र कोकिनको प्रयोगकर्ता भएको र उनलाई अझै पनि हर्पस भएको’ भन्दै युट्युबर केले रिर्पोटमा बताएको भन्दै उहाँँविरुद्ध दायर गरिएको थियो । युट्युबरका यस्ता हर्कतका कारण र्यापर बीले ‘गम्भीर अपमान’ र ‘मानसिक पीडा’ खेप्नुपरेको अदालतले सुनाएको फैसलामा भनिएको छ ।
सोमबार एक निर्णायक मण्डलले कार्डी बीलाई फैसला सुनाउँदै दण्डात्मक क्षतिमा १.५ मिलियन डलर, सामान्य क्षतिका लागि १ डलर र १ हजार ३३८, ७ सय ५३.४७ डलर मुद्दाको खर्च स्वरूप क्षतिपूर्ति दिलाएको हो । यसका साथै उहाँँलाई चिकित्सा खर्चको रूपमा २ लाख ५० हजार डलर पनि दिनुपर्ने भनिएको थियो । तर दुवै पक्षबीचको आपसी सहमतिपछि यो रकम घटाएर २५ हजार डलर पुर्याइयो ।
कार्डी र्यापरसँगै गीतकार, र प्लेब्वायको रचनात्मक निर्देशक समेत हुनुहुन्छ । उहाँँ आफ्नो आक्रामक प्रवाह र स्पष्ट गीतका कारण अझ बढी चिनिनुहुन्छ । न्युयोर्क शहरमा जन्मिनु भएकी र हुर्किनु भएकी उहाँँ इन्स्टाग्राममा लोकप्रियता हासिल गरेर इन्टरनेट सेलिब्रेटी बन्नुभएको थियो । सन् २०१५ देखि २०१७ सम्म, उहाँँ भिएचवन रियालिटी टेलिभिजन शृंखला लभ एण्ड हिप हपः न्यूयोर्कमा नियमित काष्ट सदस्यको रूपमा देखा पर्नुभएको थियो ।




















