उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुईवटा मिसाइल प्रहार।

प्योङयाङ:= उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उद्धृत गर्दै सो जानाकारी दिएको हो ।

उत्तर कोरियाले केही दिनयता शृंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको प्रवृतिबारे दक्षिण कोरियाले समिक्षा गरिरहेको बताइएको छ । तर, दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफको कार्यलयले उत्तर कोरियाको मिसाइल प्रहारबारे पुष्टि गरिसकेको छैन् ।

प्योङयामाथि राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत क्रुज मिसाइल प्रहारमा भने रोक लगाएको छैन् । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले बारम्बार आणविक हतियार परीक्षण गरेको छ । यस वर्षमात्र उत्तरले चार पटक व्यालिस्टिक मिसाइल परीक्षण गरिसकेको छ ।

जसमा महिनाको सुरुमा जनवरी ५ र ११ मा हाइपरसोनिक मिसाइल, जनवरी १४ मा दुई रेलवे छोटो दूरीको व्यालेस्टिक मिसाइल र जनवरी १७ मा दुईवटा रणनीतिक निर्देशित मिसाइलसहित चार मिसाइल परीक्षण उत्तर कोरियाले गरेको हो।