काठमाडौं := महिनौ लामो उपचार पछि माओवादी केन्द्रका नेता वर्षमान पुनः सोमबार साँझ स्वदेश फर्किएका छन् । यस क्रममा उनले विमानस्थलमै पत्रकार सम्मेलनमा पार्टी महासचिवमा आफ्नो दावी स्वभाविक भएको सार्वजनिक गर्दै आकांक्षा सार्वजनिक गरेका छन् ।
उता अर्थमन्त्री जनार्दन शर्मा पनि माओवादी महासचिवका दावेदार हुन् । यस अघि पुष ११ देखि प्रज्ञा भवनमा भएको आठाँै महाधिवेशनले केन्द्रीय समिति मात्रै निर्वाचित गरेर पदाधीकारी चयन थाँती राखेको थियो ।
वर्षमान पुनः आएपछि मात्रै महासचिव चयन गर्ने प्रचण्डले बताएका थिए । अब पुनः आईपुगेकाले बहुपदाधीकारी संरचनामा रहेको माओवादीले पुनः र शर्मा मध्य एक जनालाई महासचिव बनाएर अन्य पदहरुमा अरु नेतालाई व्यवस्थापन गर्ने संभावना देखिएको छ ।
स्रोतका अनुसार वर्षमान र जनार्दनका पक्षमा लविङ उनीहरु पक्षीय नेताहरुले गरीरहेका छन् । अन्ततः अध्यक्ष प्रचण्डले दुई मध्य एकलाई महासचिव प्रस्ताव गर्ने र केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्ने संभावना रहेको छ ।




















