क्वालालम्पुर (मलेसिया):= नेपाली काङ्ग्रेस पार्टीको प्रवास संगठन नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियामा रहेका नेपाली श्रमिक हरुको समस्याको बारे दूतावासको ध्यानाकर्षण गराएको छ ।
बुधबार मलेसियाको क्वालालम्पुर स्थित नेपाली राजदुतावासको कार्यलयमा भेटघाट कार्यक्रम राखि दूतावासका कार्यवहाक राजदूत मोति बहादुर श्रीसलाई समितिका अध्यक्ष चोलाकान्त पंगेनीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपालीहरुको श्रम गन्तव्यको पहिलो मुलुक रहेको मलेसियामा श्रमिकहरुको सुख दु:खमा नेपाली जनसम्पर्क समिती मलेसियाले आवश्यक पर्ने काममा सधै हातेमालो गर्दै आईरहेको समेत जानकारी दिए।
कोभिड – १९ को माहा’मारिमा पनि दिनरात नभनि नेपाली श्रमिकहरुको काममा खटिनु भएकोमा नेपाली दुतावास मलेसिया प्रति समितीले धन्यवाद ज्ञापन गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
उक्त कार्यक्रममा दूतावासका कार्यवहाक राजदूत श्रीसले राम्रो बिषयको कुरा लिएर आउनु भएकोमा जनसम्पर्क समितिलाई धन्यवाद दिदै राजदूतले समितीसँग सहकार्य गर्दै समस्याको समाधान गर्ने बताए।
श्रम स्वीकृत नविकरणको प्रकृयालाई व्यवस्थित गरि अनलाईन प्रणाली मार्फत आफैले पनि गर्न सकिनेगरि छिटै अनलाईन फारमको व्यवस्था गरिने बताउनुभयो ।




















