भगौडा व्यापारी विजय माल्याले केस हारे, लण्डनको घर जफत गर्न बाटो खुल्यो।

काठमाडौं:= भारतीय बैंकहरुको हजारौं करोड रुपैयाँ ऋ’ण नतिरी देशबाट भागेका व्यापारी विजय माल्याले बेलायतको हाइकोर्टमा एउटा महत्वपूर्ण केस हारेका छन्। यससँगै अदालतले उनको लण्डनको घर बैंकले जफ’त गर्न सक्ने फै’सला सुनाएको छ । स्विस बैंक युबिएससँग चलिरहेको यो विवा’दको सुनुवाइ मंगलबार भर्चुअल तरिकाले भएको थियो ।

फैसला सुनाउँदै न्यायाधीशले भने ‘बैंकसँग लिएको २.०४ करोड पाउण्ड ऋ’ण तिर्नको लागि माल्या परिवारलाई अरु थप समय दिनुपर्ने कुनै ठोस कारण छैन। दोस्रो पक्षको दलील उचित छ। उनीहरुलाई समय दिएर कुनै लाभ हुने देखिँदैन ।’ न्यायाधीशले विजय माल्याको अपिल खारेज गर्दै भने ‘यो मामिलामा अपिलको इजाजत दिइँदैन र यसको अर्थ स्पष्ट छ कि यो मामिलामा स्टेको आदेश दिन सकिँदैन ।’

अदालतको आदेशपछि अब बैंकले यो सम्पत्ति जफ’त गरेर आफ्नो ऋ’णको भरपाइको कारवाही अगाडि बढाउन सक्छ। बैंकका वकिलका अनुसार बैंकले छिटै अदालतको आदेशको पालना गर्नेछ। विजय माल्याको यो सम्पत्तिलाई अदालतमा निकै मूल्यवान सम्पत्ति बताइएको छ । जसको मूल्य लाखौं पाउण्ड हुन सक्छ । माल्याको कम्पनी रोज क्यापिटल भेन्चर्सले यो घर धरौटी राखेर युबीएस बैंकबाट ऋ’ण लिएको थियो ।

लण्डनको रिजेन्ट पार्क नजिकै रहेको १८–१९ कर्नवाल टेरेसको यो घरमा विजय माल्याकी ९५ वर्षकी आमा ललिता बस्ने गरेको विश्वास गरिएको छ । यसअघि २०१९ को मे महिनामा अदालतले माल्यालाई ऋ’ण तिर्नको लागि ३० अप्रिल २०२० सम्मको समय दिएको थियो । त्यसपछि को-भिड १९ महामारीका कारण आपतकालीन नियम लागू हुँदा बैंकले यो मामिलालाई कानुनी रुपमा अगाडि बढाउन सकेको थिएन ।

विजय माल्या मार्च २०१६ मा भारत छोडेर बेलायत गएका थिए । उनीमाथि आफ्नो एयरलाइन्स कम्पनी किंगफिशरको लागि बैंकसँग ऋ’ण लिएको र त्यो ऋ’ण नतिरी विदेश भागेको आरोप छ । ऋ’णको यो रकम करिब १० हजार करोड भएको बताइएको छ । किंगफिशर एयरलाइन्स घाटामा डुब्दै जाँदा ब’न्द भइसकेको छ ।