क्वालालम्पुर (मलेसिया):= नेपाली काङ्ग्रेस पार्टीको प्रवास संगठन नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियामा रहेका नेपाली श्रमिक हरुको अवस्था र श्रमिकहरुको समस्या अनि समाधानको बारे नेपाली दूतावासको ध्यानाकर्षण गराएका छ्न।
बुधबार मलेसियाको क्वालालम्पुर स्थित नेपाली राजदुतावासको कार्यलयमा भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरि दूतावासका कार्यवाहक राजदूत मोति बहादुर श्रीस मगरलाई जनसम्पर्क समितिका तर्फबाट अध्यक्ष चोलाकान्त पंगेनीले ध्यानाकर्षण पत्र बुझाएका थिए।

नेपालीहरुको श्रम गन्तव्य मुलुक मध्यको पहिलो रोजाईको मुलुक रहेको मलेसियामा श्रमिकहरुको सुख दु:खमा नेपाली जनसम्पर्क समिती मलेसियाले आवश्यक पर्ने काममा सधै हातेमालो गर्दै आईरहेको जानकारी गराउदै र मलेसियामा विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरुको दूतावासले सक्दो सहयोग गर्नुपर्ने आवश्यक परेको खण्डमा दूतावाससंग समितीले समन्वय गरि अगाडि बढ्न सकिने भन्दै ध्यानाकर्षण गराउनु भएको हो।

कोभिड- १९ को माहामारिमा पनि दिनरात नभनि नेपाली श्रमिकहरुको काममा खटिनु भएकोमा नेपाली दूतावास मलेसियाप्रति समितीले सम्मान व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो।
उक्त कार्यक्रममा दूतावासका कार्यवहाक राजदूत श्रीसले राम्रो बिषयको कुरा लिएर आउनु भएकोमा जनसम्पर्क समितिलाई धन्यवाद दिदै राजदूतावासले समितीसँग सहकार्य गर्दै समस्याको समाधान गर्ने बताउदै श्रम स्वीकृत नविकरणको प्रकृयालाई व्यवस्थित गरि अनलाईन मार्फत आफैले पनि गर्न सकिनेगरि छिटै अनलाईफारमको व्यवस्था गर्ने बताउनु भयो।
साथै कार्यवाहक राजदूत श्रीसले दूतावास मलेसियामा रहेका नेपाली श्रमिकका हरेक समस्याहरु समाधान गर्न हरदम तयार रहेको बताउनुभयो। उहाँले भन्नुभयो , मलेसिया स्थित नेपाली दूतावासले केहि दिनपछि एमआरपि पासपोर्टको सट्टा ई-पासपोर्ट जारि गरिने बताउनुभयो। 
सो ध्यानाकर्षण कार्यक्रममा दूतावासका तर्फबाट सहभागी हुनु भएका कार्यवाहक राजदूत मोति बहादुर श्रीस मगर , श्रम काउन्सेलर दिपक ढकाल त्यस्तै जनसम्पर्क समिति मलेसियाका तर्फबाट अध्यक्ष संगै महामन्त्री हरि कोईराला, प्रवक्ता यज्ञ कुमार राई, सदस्यद्धयहरु तेज कुमार राई, ईन्द्र भण्डारी,कुमार ओझा, घनश्याम चौधरी (आरएन थारु) , सल्लाहकार रामकुमार राई लगायतले श्रमिक समस्याको बारेमा आ-आफ्नो धाराणा राख्नु भएको थियो।

यस्ता छन जनसम्पर्क समितीले दूतावासलाई बुझाएका ध्यानाकर्षण पत्रका बुँदाहरु :
१. श्रम स्वीकृति नविकरणको प्रक्रियालाई अनलाईन मार्फत पनि दिन सकिने भएकोहुँदा सो प्रक्रिया अत्यन्तै जटिल भएको र अनलाईन रकम तिर्ने प्रक्रिया पनि आम श्रमिकको पहुँच भन्दा परको विषय भएकोले यस प्रकृयालाई सहजीकरण गर्न वैदेशिक रोजगार विभागलाई अनुरोध गरि पठाउन दूतावासलाई अनुरोध गर्दै श्रम स्वीकृत नविकरणको प्रकृयाबाट कुनैपनि श्रमिक वन्चित हुन नपारोस् ।
२. कोभिड- १९ को महामारीको कारणले समयमा आफ्नो श्रम स्वीकृति सकिएर नेपाल जान नपाएका र यहि मलेसियामा मृत्यु भएका श्रमिकहरुको आफन्तले नेपालमा राहत रकम नपाएको अवस्था छ । यस विषयमा नेपाली दूतावास मलेसिया र नेपाल सरकार विच कस्तो समन्वय भईरहेको छ । उक्तविषयमा सम्बन्धीत निकायमा पहलगरी राहत रकम उपलब्ध गराईदिने व्यवस्था गरियोस् ।
४. नेपाली दूतावासबाट जारि गरिने ट्राभल डकुमेण्ट हाल अत्यन्तै महंगो गरिएकोले सके सम्म निशुल्क नभए सहुलिएत रकममा वितरण गरियोस् ।
५. नेपाली दुतावासमा श्रमिकहरु सेवा सुविधा लिन आउदा बिना झन्झट सेवा प्राप्त गर्न सकियोस् र नि:शुल्क भरिनु पर्ने फारम चरम रकम लिएको भन्ने जन गुनासो आएको हुदाँ कुनै पनि फारम भर्दा निशुल्क गरियोस् ।





















