काठमाडौं:= नेपाली टेलिसिरियलको दुनियामा युट्युबको भ्युजको आधारमा लोकप्रियतालाई मापन गर्नेहो भने उत्कृष्ट पाँचभित्र पर्ने ‘गाह्रा छ हो’को मुख्य कलाकार तथा निर्माता हुनुहुन्छ रियासा दाहाल । रियासा सिरियलसँगै म्युजिक भिडियोको डिमाण्डेड मोडलको रूपमा पनि स्थापित हुनुहुन्छ । उहाँले अभिनय गरेको म्युजिक भिडियो सातामा दुईदेखि तीनवटा सार्वजनिक हुनेगरेका छन् ।
यसैबीच शनिबार एक म्युजिक भिडियो रिलजकै सन्दर्भमा आजभोली आफू कठोर बन्न थालेको बताउनुभएको छ । विगतका दिनमा सानो कुराले आफ्नो मन बिझाउने भएकाले र रोइहाल्ने भएकाले आजभोलि कठोर बन्न थालेको बताउनुभएको हो । ‘रुन दिन्न’बोलको गीतको प्रसंगमा कला क्षेत्रमा आएपछि तपाइँ कहिल्यै रुनु भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा रियासा भन्नुहुन्छ, ‘जोकोही मान्छेको जीवन केही न केही घटना घटेको हुन्छ । मन कमजोर भएपछि रोइहालिन्छ । सकेसम्म कठोर बन्न थालेको छु ।’

कोरोना कहरभन्दा अघि रियासा युट्युब सिरिसमा काम गर्नुहुन्थ्यो । त्यो समयमा सिरिजका सहकर्मी जेबिस गुरुङसँगको मनमुटावका कारण छुट्टिएपछि अधिकांश अन्तर्वार्तामा रियासा रुनुभएको थियो । रोइसकेपछि दर्शकबाट आएको प्रतिक्रियाले झन् कत्तिको रुवायो भन्ने प्रश्नमा रियासाले मिश्रित प्रतिक्रिया आएकाले चित्तो बुझ्दो भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मलाई त्यो बेलामा आएका गाली र ताली दुवै कुराको चित्त बुझेको थियो । त्यो समयबाट जिन्दगीमा जति नै दुःख आए पनि आफैंसँग राख्नुपर्ने रहेछ र दुनियालाई देखाउन हुन्न भन्ने सन्देश बुझेकी छु ।’
‘रुन दिन्न’ बोलको गीतमा कृष्ण काफ्लेको स्वर रहेको छ भने अर्जुन पोखरेलले संगीत भर्नु भएको छ । गीतको भिडियोमा रियासासँग रोशन केसीले अभिनय गर्नुभएको छ । भिडियो शान थापाले निर्देशन गर्नुभएको हो ।




















