काठमाडौं:= सिभिल बैंकको खाता ‘खल्ती’ मा लिंक गर्दा सय रुपैयाँँ बोनस र स्मार्टफोन उपहार पाइने भएको छ । साथै हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने बताइएको छ ।
बोनस अफर पहिलोपटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’ सँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू हुन्छ । प्रयोगकर्ताले लिंक गर्नुअगाडि केवाइसी भेरिफाइ गराउनुपर्नेछ । अफर प्रयोगकर्तालाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न र वालेटमा नियमितरूपमा पैसा लोड गर्न लाग्ने समय कम गर्न ल्याइएको कम्पनीले जनाएको छ ।




















