हिमालय शेर्पामाथि एपीएफको जित।

काठमाडौं:= शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले हिमालय शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको छ । शुक्रबार भएको खेलमा एपीएफका लागि आवाश लामिछानेले निर्णायक गोल गर्नुभयो । आवाशले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णाक बन्यो । त्यसबाहेक खेलमा थप गोल हुन सकेन ।

यस जितसँगै एपीएफले नौ खेलमा १० अंक जोडेको छ । एपीएफ दशौं स्थानमा उक्लिएको छ । हिमालयनले नौ खेलमा ११ अंक जोडेको छ । हिमालयन छैटौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच एपीएफका नवीन लामा चुनिनुभयो। इमर्जिङ प्लेयर एपीएफका गोलकर्ता आवाश चुनिनुभएको थियो ।