छानियो फेश अफ द-माडवारी किड्स।

काठमाडौं:= माडवारी समुदायका ६ देखि १३ वर्ष उमेरका जुनियर र सिनियर प्रिन्स एण्ड प्रिन्सेसका लागि भएको बालबालिकाहरूबीच भएको प्रतियोगिता ‘फेश अफ द माडवारी किड्स २०२१’ सम्पन्न भएको छ । चार फरक उमेरबाट विधि अग्रवाल, गर्भ वाहेटी, लक्ष्य अग्रवाल र यसस्वी खेम्बा गरी चारजनाले यो प्रतियोगिता जित्नुभएको छ ।

पेज थ्री प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको यो प्रतियोगितामा फष्ट रनर अपको उपाधि पिहु चाचन, भियोम शर्मा, कुश तिब्रेवाल र अंशिका मित्रुकाले हासिल गर्नुभयो । यस्तै सेकेण्ड रनरअपको उपाधि आध्या अग्रवाल, गगन बंशल, मेदान्स अग्रवाल, विधिका अग्रवले प्राप्त गर्नुभयो ।

वीरगञ्जका मेयर विजय सरावगीको प्रमुख आतिथ्य, मिस नेपाल नम्रात श्रेष्ठ र हास्य अभिनेता निर्मल शर्माको विशेष आतिथ्यमामा सम्पन्न सो प्रतियोगिता अन्य विभिन्न उपाधिका लागि बालबालिका बीच प्रतिस्पर्धा भएको थियो । जसमा मष्ट क्युट चाइल्डको उपाधि नाभिका अग्रवाल र शिवान्स खेतानले प्राप्त गर्नुभयो ।

कन्फिडेन्ट चाइल्डको उपाधि कृतिम चाचन, भिहान मिन्डाले, वेष्ट वाकको उपाधि साइना अग्रवाल, लक्ष्य अग्रवाल, तेजेस पोद्दार र अंशिका मित्रुकाले, डिसिप्लेनको अवार्ड दिया अग्रवालले, मोष्ट स्टाइलिस्टको अवार्ड जुयान्स तिब्रेवाल, वान्सिका जोधानीले हासिल गर्नुभयो ।

बालबालिकासँगै अभिभावक पनि र्‍याम्पमा उत्रिएको सो प्रतियोगिताको अन्य उपाधि मध्य ब्युटिफुल स्माइलको उपाधि विधि शाह र गर्व बहेटीले, वेष्ट पर्फमरको उपाधि आस्ना अग्रवाल, पिहु चाचनले, ट्यालेन्टको उपाधि आरध्य अग्रवाल, गगन बंशल, गौतम अग्रवाल र यसश्वी खेम्काले, वेष्ट पर्सनालिटीको अवार्ड खुस तिब्रेवाला, आध्या शर्मा, जयदेव बंशल र आध्या अग्रवालले प्राप्त गर्नुभयो ।

यसैगरी फोटोजेनिक अवार्ड विधि अग्रवाल, भियोम शर्मा र विधिता अग्रवालले, अर राउण्डर किडको अवार्ड रियन्स मित्रुका र मानस्वि खेम्काले, मिस बब्लीको अवार्ड दिव्यका शर्मा र अमरिया अग्रवालले, मोष्ट पपुलर अवार्ड आयुशी अग्रवाल, मयंक गोयल, अन्सुल अग्रवाल र रुट्भी अग्रवालले प्राप्त गर्नुभयो ।

सो कार्यक्रममा कविता नेपालीसहित विभिन्न कलाकारले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । प्रतियोगिताको कोरियोग्राफी दिक्पाल कार्की र पुनम बर्माले गर्नुभएको थियो । कार्यक्रमको निर्णायकमा चर्चित उधोगपति राजेन्द्र खेतान, अभिनेत्रीद्वय केकी अधिकारी, शुभेच्क्षा खड्का र अर्चना सायदा हुनुहुन्थ्यो ।