मुम्बई:= बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आफू यतिबेला कठिन समयमा गुज्रिएको बताउनुभएको छ । ज्याकलिन र सुकेश चन्द्रशेखरको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहदा सामाजिक सञ्जालमा एक पोष्ट शेयर गर्दै मिडियासँग गोपनीयताको आग्रह गर्नुभएको छ ।
ज्याकलिनले लेख्नुभएको छ, ‘यो मेरा लागि कठिन समय हो । म चाहन्छु कि मेरो व्यक्तिगत विषयमा दखल नदिनु । ज्याकलिन दुई सय करोड रुपैयाँको मनी लन्ड्रिङका विषयमा आफ्नो नाम आएपछि तनावमा हुनुहुन्छ ।
उहाँले भारतले आफूलाई जबर्जस्त प्रेम र सम्मान दिएको स्मरण गर्दा यो प्रेम र सम्मान मिडियाबाट पनि पाएको उल्लेख गर्नुभएको छ । उहाँले अघि लेख्नुभएको छ, ‘मैले तपाईंहरूबाट केही न केही सिकें । म अहिले कठिन अवस्थामा गुज्रिरहेकी छु । म मिडियाका साथीहरूलाई यस्ता तस्वीर सार्वजनिक नगर्न आग्रह गर्दछु, जुन तस्वीर मेरा निजी छन् । आशा छ, मैले चाँडै न्याय पाउनेछु ।’
ज्याकलिन र सुकेशको सम्बन्ध पहिलेदेखि नै अनुसन्धानको विषय बनेको छ । किनकि अभिनेत्रीले सुकेशबाट कैयौं महँगो उपहार पाउनुभएको छ । ज्याकलिनले अनुसन्धान अधिकारीरूसँग सुकेशले आफूलाई जयललिताको परिवारको मानिस रहेको र सन टिभीको मालिक भएका कारण दक्षिण भारतीय फिल्ममा काम गर्न आग्रह गरेको वयान दिनुभएको थियो । सुकेशले रेनबेक्सीका पूर्वसंस्थापकलाई जेलबाट बाहिर निकाल्ने प्रलोभन देखाउँदै उहाको परिवारबाट दुई सय करोड रुपैंयाँ असुलेका थिए ।




















