नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ को नयाँ गीत सार्वजनिक।

काठमाडौं:= नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ को ‘चिटिक्कै परेर आइछेउ ‘बोलको गीत सार्वजनिक गरिएको छ । ओ एस आरद्वारा बजारमा ल्याइएको गीतमा राजेश पायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङनामको स्वर रहेको छ ।

चलचित्रमा निता ढुंगाना, विल्सनविक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल, बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय रहेको छ ।

एस एस इन्टरनेशनल फिल्मस र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यो गीतमा विकास चौधरीको संगीत छ भने हरि उप्रेतीको शब्द रहेको छ । गीतमा निता ढुंगाना, गौरव पहाडी, विल्सनविक्रम राई ‘तोक्मे बुढा’लगायतको अभिनय छ ।

चलचित्रमा राजु किरातीको द्वन्द्व, सुजन बडाल सम्पादन, विक्रम डिसीको छायांकन, राम जी लामिछाने र राजीव सिंहको नृत्य निर्देशन छ । चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ । चलचित्र फागुन २७ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।