प्रतिक्षित भारतीय चलचित्र ‘आरआरआर’ विवादमा।

एजेन्सी मुम्बई:= रिलिज अन्योलमा रहेको प्रतिक्षित भारतीय चलचित्र ‘आरआरआर’ विवादमा तानिएको छ । एक छात्रले फिल्मविरुद्ध उजुरी हालेको कारण विवाद सिर्जना भएको हो ।

जुरीमा तथ्यलाई तोडमोड गरेको आरोप लगाइएको छ । ती छात्रले चलचित्र रिलिज रोक्न पनि माग गर्दै सेन्सर बोर्डलाई सर्टिफिकेट नदिन आग्रह गरेको भारतिय संचारमा उल्लेख छ । उजुरीलाई तेलंगाना उच्च अदालतमा न्यायाधीश उज्ज्वल बयानको बेञ्चले हेरिरहेको छ । यद्यपि उजुरी बारे फिल टिम भने यसबारे केही बोलेका छैनन् । फिल्मलाई एस् एस् राज मौलीले निर्देशन गर्नुभएको छ ।

यही फिल्मबाट बलिउड अभिनेत्री आलियाले तेलुगु फिल्ममा डेब्यु गर्नुभएको छ । डिभिभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई डिभिभी दानøयाले निर्माण गर्नुभएको हो । आरआरआर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ । यसअघि एस् एस् राजमौलीले ‘बाहुबली’ र ‘बाहुबली २’ सुपर हिट फिल्म निर्देशन गर्नुभएको थियो ।