अमिताभको घरमा कोरोना देखियो, परिवार भने सुरक्षित।

मुम्बई := भारतमा कोरोनाको पोजेटिभ केस बढ्दै गएसँगै अभिनेता अमिताभ बच्चनको घरमा पनि कोरोना देखिएको छ । उहाँको घरका एक कर्मचारीमा कोरोना रिपोर्ट पोजिटिभ आएको छ । अमिताभ बच्चनले आफ्नो ब्लग पोष्टमा लेख्नुभएको छ, ‘हाल घरेलु कोभिड परिस्थितिसँग जुुधिरेहेको छु प्रशंसकसँग पछि जोडिने छु ।’

उहाँको यो पोष्टमा उहाँका प्रशंसकले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जलसामा रहेका ७९ वर्षका अमिताभ बच्चन र उहाँको परिवार भने सुरक्षित नै रहेको बताइएको छ ।अमिताभको दुवै बंगला प्रतिक्षा र जलसाको कर्मचारीको कोभिड परीक्षण भएको थियो । जसमा एकलाई कोरोना संक्रमण देखिएको छ । यी सदस्यलाई बीएमसीले कोभिड केयर सेन्टर-२ मा आइसोलेट गरिएको छ ।

मुम्बई बीएमसीका स्वास्थ्य अधिकारी अजित पंपाठवारले बताए अनुसार अमिताभको घरमा कुल ३१ कर्मचारीलाई परीक्षण गरिएको थियो । यीमध्ये १ पोजिटिभ पाइए । यद्यपि अमिताभ र परिवार उहाको सम्पर्कमा आएका छैनन् । यो परीक्षण उहाँहरूको नियमित परीक्षणमा गरिएको थियो । मुम्बईमा लगातार कोरोनामा वृद्धि भएपछि संक्रमणलाई मध्येनजर गर्दै सेलिब्रिटीहरू आफ्ना कर्मचारीको परीक्षण गराइरहेका छन् ।

२०२० को जुलाईमा अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको थियो । यसपछि फिल्म उद्योगबाट मात्रै होइन देश-विदेशमा उहाका प्रशंसकहरूले उहाँका लागि प्रार्थना गरेका थिए । अमिताभ बच्चनले २२ दिन सम्म अस्पतालमा उपचार गराउनुभएको थियो । तर कोभिडबाट बाहिरिएसँग कौन बनेका करोडपति र अन्य कामको सुटिङमा लाग्नुभएको थियो ।