न्यूयोर्क:= हलिउड अभिनेत्री बेट्टी हृवाइटको ९९ वर्षको उमेरमा निधन भएको छ । ‘गोल्डन गल्र्स’शो अभिनय कारणले चर्चित अभिनेत्रीको निधनप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटमार्फत शोक व्यक्त गर्नुभएको छ ।
हृवाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’ र ‘द मेरी टायलर मुर’शो बाट सुरु गर्नुभएको थियो । टिभीको इतिहासमा उहाँ धेरै काम गर्ने अभिनेत्री हुनुहुन्छ । आफू सय वर्ष पुगेको सेलिब्रेसन गर्ने तरखरमा रहनुभएकी उहाँको जन्मदिनभन्दा १८ दिनअगाडि निधन भएको छ ।




















