मुम्बईक:= बलिउड स्टार रणवीर सिंहलाई पछिल्लो समय बायोपिकमा बन्ने चलचित्रमा काम गर्न अफर आइरहेको छ । चलचित्र ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गर्नुभएका अभिनेता रणवीरलाई प्रस्तावका लागि आएका पाँच चलचित्रमध्ये तीन चलचित्र खेलाडीको जीवनमा आधारित छन्। यो कुराको खुलासा उहाँले एक अन्तर्वार्तामा गर्नुभएको छ ।
‘मेरो पाँच बायोपिक फिल्मका लागि कुराकानी भइरहेको छ । जसमा तीन फिल्म खेलाडीको जीवनसँग सम्बन्धित छ । यी सबै बायोपिक फरकफरक चरणमा छन् । केहीको कथा अहिले विकसित भइरहेको छ । आशा छ एउटा राम्रो स्क्रिप्ट बन्नेछ र यसको घोषणा हुनेछ’, रणवीरले भन्नुभएको छ ।
फिल्म ‘८३’ डिसेम्बर २४ मा रिलिज भएको थियो । कवीर खान निर्देशित उक्त चलचित्रमा दीपिका पादुकोण, पंकज त्रिपाठी र ताहिर राज भसीनलगायत कलाकारको अभिनय छ । फिल्मले हाल विश्वव्यापी रूपमा १ सय १५ करोड कमाएको छ ।




















