हुम्लामा भारी हिमपात (फोटोफिचर)

हुम्ला:= हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ । भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ । बुधबार (आज) बिहनदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानै देखि परेको हिउँ २ फिट जमेको छ । सिमकोटको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्याधिक बढेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको लिमि, मुचु, लगायतका क्षेत्रमा ४ फिट हिउँ जमेको तुमकोटका स्थानीय छपाल लामाले बताउनुभयो ।

यो वर्षकै ठूलो हिमपात भएको बताउनुभएका लामाका, अनुशार हिमपातले मुचुका खोलामा पानी जमेर बहाब कम भएको छ । सबैतिरको पानी समेत जमेर पुरै ठोस भएकोछ । जाडेले घरभन्दा बाहिर निस्कन सकिएको छैन् । चिसोले खानेपानीका धारा जमेका छन् । मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानी समेत ठोस बनेका हुन् ।

सिमकोटमा २ फिट हिउँ

आज बिहान देखि निरन्तर रुपमा परेको हिमपातले हुम्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । हिमपातले सिमकोटको तापक्रम माइनस १२ डिग्री भन्दा तल झरेको छ । अत्याधिक चिसो र हिमपात भैरहेका कारण बिहानै देखि चहलपहल हुने गाउँहरु समेत सुनसान जस्तै देखिएका छन् । निरन्तर रुपमा हिउँसँगैको अत्याधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेको र जाडोबाट बच्न जिल्लाका सबैलाई आग्रह गरेका छन् ।