मुम्बई:= बलिउड अभिनेता सलमान खानले सोमबार आफ्नो ५६औं जन्मदिन मनाउँदै गर्दा आइतबार आफूलाई सर्पकले टोकेको प्रसंगको चर्चा चल्यो । अस्पताल भर्ना भएर डिस्चार्ज भइसकेपछि मिडियासँग कुरा गर्नुभएको थियो ।
सलमानले आफूलाई सर्पले तीनपटक टोकेको र त्यही दौरान ‘सेल्फी’ पनि लिएको खुलाउनुभयो । सलमानले भन्नुभएको छ, ‘एक कोठामा सर्प छिरेको थियो । सबैजना सर्पसँग डराएपछि म आफैं सर्प निकाल्न कोठामा गएँ । मैले एक लठ्ठी मागें, तर त्यो सानो थियो ।
त्यसपछि मैले ठूलो लठ्ठी मागें र प्रेमपूर्वक लठ्ठीको सहाराले सर्पलाई उठाएर बाहिर ल्याएँ । लठ्ठीमा बसिरहेको सर्प विस्तारै मेरो हातमाथि चढ्न थाल्यो । यस्तो अवस्थामा मैले सर्पलाई बाहिर छोड्नका लागि हातको लठ्ठी छोडेर अर्को हातले पनि सर्पलाई समातें ।’
सलमानका अनुसार घरबाहिर सर्पलाई ल्याउँदा बाहिर हल्ला बढी थियो । त्यसपछि सर्पले उहालाई तीनपटक डसेको थियो । त्यसपछि उहाँलाई अस्पताल पु¥याइएको र एन्टी-वेनम इन्जेक्सन लगाइएको थियो ।
उहाँले हालसम्म सबै प्रकारका एन्टी-वेनम (क्रेट, वाइपर, कोबरा)को इन्जेक्सन लगाइसक्नुभएको छ । सलमानले अघि भन्नुभएको छ, ‘सर्पले मलाई डसेको समयमा मेरी बहिनी अर्पिता निकै डराएकी थिइन् । त्यो समयसम्म सर्पसँग मेरो दोस्ती बढिसकेको थियो । त्यसपछि मैले सर्पसँग सेल्फी लिएँ र उसलाई छोडीदिएँ ।’




















