काठमाडौं:= नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँग सहकार्यका लागि सम्झौता गरेको छ । सम्झौताअनुसार समृद्धि फाइनान्ससँग आबद्ध ग्राहकले पेमेन्ट सोलुसनको चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पूर्ण सेवा उपयोग गर्न पाउनेछन् ।
सोलुसनले उक्त सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत् उपलब्ध गराउनेछ । नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रिगेटर हो, जसले बैंक तथा वित्तीय संस्था, पिएसपी, रेमिट्यान्स कम्पनी र व्यावसायिक क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आएको छ ।




















