काठमाडौं:= नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बिग ब्यास लिगको अर्को खेलमा पनि विकेटविहीन बन्नुभएको छ । होबार्ट हुरिकेन्सबाट खेलिरहनुभएका सन्दीपले सोमबार भएको एडिलेड स्ट्राइकर्सविरुद्ध विकेट लिन सक्नुभएन । सन्दीपले तीन ओभरमा ३१ रन खर्चे पनि विकेट लिन सक्नुभएन । सन्दीप लगातार तेस्रो खेलमा विकेटविहीन बन्नुभएको हो ।
सन्दीपले आफ्नो पहिलो ओभरमै तीन चौकासहित १४ रन खर्चिनुभएको थियो । जारी बिग ब्यासमा सन्दीप ६ खेलमध्ये चौथो खेलमा विकेटविहीन बन्नुभएको हो । सन्दीप लगातार तेस्रो खेलमा विकेटविहीन बन्नुभएको हो । सन्दीप नेपाली टोलीको कप्तान बनेपछि बिग ब्यासका तीन खेल खेल्नुभएको छ । तीनै खेलमा सन्दीप विकेटविहीन बन्नुभएको छ । यसअघि उहाँले मेलबर्न स्टार्ससँग चार ओभरमा ३२ र पर्थ स्कोचर्ससँग चार ओभरमा ३९ रन खर्चनुभएको थियो ।
पहिलो खेलमा सिड्नी सिक्सर्ससँग एक विकेट लिनुभएको थियो । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँग नै विकेटविहीन बन्नुभयो । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग एक विकेट लिनुभएको थियो । चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध चार ओभरमा ३९ रन खर्चे पनि विकेट लिन सक्नुभएन । समग्रमा सन्दीपले जारी बिग ब्यासमा ६ खेलमा २३ ओभर बलिङ गर्दै १८२ रन खर्चेर दुई विकेट लिनुभएको छ ।




















