काठमाडौं:= गत सातादेखि सुधार देखिएको सेयर सोेमबार झण्डै ७० अंकले घटेको छ । गत साता पछिल्ला तीन दिन उच्च अंकले बढेको सेयर यस साताको पहिलो दिन आइतबार पनि बढेको थियो । तर, सोमबार ६९.७७ अंकले घटेको हो । यस दिन सबै समूहगत परिसूचक घटेका छन् भने दुई सय ३८ कम्पनीका एक करोड दुई लाख कित्ता सेयर पाँच अर्ब ६० करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ ।
आइतबार नेप्सेमा दुई सय ३१ कम्पनीका पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरका ८३ लाख एक हजार नौ सय ५६ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । नबिल बैंकको सर्वाधिक ३०.६१ करोडको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट, नेपाल लाइफ, हिमालयन डिस्टिलरी र महालक्ष्मी विकास बैंकको पनि उच्च कारोबार भएको छ । गोर्खाज फाइनान्स र मध्य भोटेकोशीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको भने जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयर घटेको छ ।




















