[ राम अवतार चाैधरी ]
चन्द्राैटा(कपिलवस्तु):= मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । जिल्लाकाे शिवराज नगरपालिका-३, खरेन्द्रपुर अवस्थित स्वर्गद्वारी आश्रममा आइतबार सहकारीको साधारण सभा गरिएकाे आयाेजकले जनाएकाे छ ।
शिवराज नगरपालिकाकी उप-प्रमुख शिव कुमारी थारूले सभालाई सम्बाेधन गर्दै सहकारीले महिलालाई पैसा बचतकाे साथै विभिन्न सीपमूलक र स्वराेजगारमुलक तालिम दिई आर्थिक आय-आर्जनकाे पाटाेलाई मजबुत बनाउने कार्यमा अग्रसर गराएकाे बताइन् । सहकारीले महिलालाई विकासका कार्यमा अगाडी बढ्न महत्त्वपूर्ण अवसर दिँदै गएकाे जनाइन् ।

यसकाे साथै महिलाहरूकाे एक-आपसमा सामाजिक सद्भावकाे पनि विकास हुँदै गएकाे उप-प्रमुख थारूले जिकिर गरिन् । महिलाकाे आर्थिक आय-आर्जनकाे साथै सहकारीले सबैलाई सहकार्यमा जाेडेकाेले पुँजीकाे स्तर उकास्न र बचत गर्न सहज हुने बताउँदै सहकारीकाे हरेक कार्यलाई निन्तरता दिँदै जानुपर्नेमा उनले जाेड दिइन् ।

त्यसैगरी वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले अहिले सहकारी सबैकाे सुख दुखकाे साथी समेत बनेकाे भन्दै प्रशंसा गरे । उनले बचत गरेको रकमलाई सही प्रयोग गरी उत्पादनमुखी हुनुपर्नेमा जाेड दिए । महिलाहरूले सहकारीमार्फत समाजकाे विकासमा महत्त्वपूर्ण टेवा पुर्याउनकाे बताए ।
सहकारीमा पैसा बचत गरि कसरी, कुन कार्यमा लगानी गर्दा आर्थिक उपार्जन बढाउन गर्न सकिन्छ भन्ने विषयमा महिलाहरूकाे बढी ध्यान गएकाे समेत सापकोटाले बताए ।सहकारीले चालू आर्थिक वर्ष १ कराेड ८ लाख २५ हजार रकम बराबरको काराेबार भएकाे सहकारीकाे बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा सहकारीकी अध्यक्ष दीपा अधिकारी, कल्लु थारु, बलराम मरासिनी र सामाजिक विकास केन्द्रकी अधिकृत सुनिता ढकालले सभालाई सम्बाेधन गरेकाे संस्थाकी व्यवस्थापक अनिता भुसालले जानकारी दिइन् ।




















