काठमाडौ:= पछिल्लो समयका युवास्टार हुनुहुन्छ पल शाह । कुनै पनि म्युजिक भिडियो वा चलचित्रमा काम गर्न बलियो निर्माता चाहिन्छ अर्थात् मोटो रकम दिनसक्ने निर्मातालेमात्र पललाई आँट गर्छ । कोरोना कहरको समयमै पलले महिनामा २२ देखि २६ वटा म्युजिक भिडियोमा काम गरेको बताउँदै आउनुभएको छ । एक म्युजिक भिडियोमा काम गरेको कम्तीमा एक लाखदेखि डेढ लाख लिने गरेको बुझिएको छ । पल आफंैले पनि डेढ लाखको वरिपरी आफ्नो पारिश्रमिक रहेको बताउनु हुन्छ ।
यसैबीच पछिल्लो समय म्युजिक भिडियोमै व्यस्त पल शाह बिहीबार भने काठमाडौंको अनामनगरस्थित एक रेष्टुरेन्टको रिबन काट्न पुग्नुभयो । व्यस्तताको तालिका मिलाउँदै पलले नेभर माइन्ड रेष्टुरेन्टका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म समय दिनुभयो । एक वर्षअगाडि नै खुलेको उक्त रेष्टुरेन्टले पहिलो वार्षिकोत्सव मनाएको हो । सोही उपलक्ष्यमा पलको हातबाट रिबन र केक काट्न रेष्टुरेन्ट सञ्चालकले महँगो पारिश्रमिकमा पललाई ल्याएको बुझिएको छ ।
सञ्चालकले चल्तिको कलाकारलाई नै राख्ने भनेसँगै पलको पारिश्रमिक बुझ्न लगाइएको थियो । पलले झण्डै एक म्युजिक भिडियोमा काम गरे बराबरकै पारिश्रमिक लिएको बुझिएको छ । उहाँको सवा लाखको डिमाण्डमा अन्तिममा ७० हजारमा डिल भएको बुझिएको छ । उहाँले रेष्टुरेन्टलाई दिएको पाँच घण्टाको समयमा रिबन र केक काटेसँगै मिडियाको अगाडि रेष्टुरेन्टको प्रसंग गरिदिनुभयो र अवलोकन गरेर फर्किनुभयो ।
रेष्टुरेन्टको सञ्चालक रमा कुमारी शाही र उहाँका श्रीमान् महेन्द्र शाही हुनुहुन्छ । नेपालमा बसेर रमाले रेष्टुरेन्ट हेर्नुभएको छ भने महेन्द्र दुबईका प्रख्यात व्यावसायी तथा ट्रेनर पनि हुनुहुन्छ । महेन्द्रले दुबईमा बसेर आइटी कम्पनीसँगै इन्सुरेन्ट कम्पनी चलाउनुहुन्छ भने युके, भारतलगायत देशमा पनि व्यावसाय छ ।
कार्यक्रममा पलले रेष्टुरेन्टको प्रशंसा गर्दै भन्नुभयो, ‘अनामनगरको ठाउँमा भिआईपी सेवासुविधासहितको रेष्टुरेन्ट खुलेको रहेछ, पहिलो वार्षिकोत्सवमा आउन पाइयो निकै खुशी लागेको छ । भोलिका दिनमा वर्षौवर्षसम्म यसरी नै सेलिब्रेशन गर्न पाइयोस् ।’ यस्तै सञ्चालक महेन्द्र शाहीले देशभर २० बढी शाखा खोल्ने तयारीमा जुटेको पनि बताउनुभयो । उहाँले रेष्टुरेन्टमा सस्तो दरमा पाँचतारे बराबरको सेवा दिइरहेको बताउनुभयो ।




















