जनकपुरधाम:= नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी हुनुभएको छ । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित गर्नुभउको हो ।
काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहनुभएका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो । तर, कृष्णले १४१ मतान्तरले रामसरोजलाई पराजित गर्नुभयो ।
कृष्णले ९९६ मत पाउँदा रामले ८५५ मत प्राप्त गर्नुभएको छ । औपचारिक घोषणा हुन भने बाँकी छ । पहिलो प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा एक हजार ९३८ मतदाता मध्ये एक हजार ८८१ म खसेको थियो । जसमा तीस मत बदर भएको छ ।




















