काठमाडौं := ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाउँदेखि शहरसम्म डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना गर्ने लक्ष्यका साथ सुरु भएको अभियानले हालसम्म एक सय ७५ भन्दा बढी कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।
बैंकले प्रदेश १ मा २९, प्रदेश २ मा १७, बागमती प्रदेशमा २१, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रम गरिएको जनाएको छ । अभियानअन्तर्गत आगामी हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरू सञ्चालन गरी समापन गरिने बैंकले जनाएको छ ।




















