जापान (टोकियो) := जापानीज नायिका सयाका काण्डाको निधन भएको छ । ३५ वर्षकी काण्डाको एक होटेलबाट खसेर निधन भएको हो । सयाकाको डिसेम्बर १८ को बेलुका निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ आफू बसेको होटेलको २२औं तलाबाट खस्नुभएको थियो ।
प्रहरीले नायिकाको मृत्युलाई आत्महत्या भने पनि यसलाई शंकाको घेरामा राखेको छ । प्रत्यक्षदर्शीका अनुसार काण्डाको शरीर रगतले भिजेको थियो । उहाँले ‘आइडली प्राइड’, ‘स्टार ब्लेजर्स २२०२’ र ‘कन्वीनियन्स स्टोर ब्वाइफ्रेण्ड्स’ जस्ता सिरिजमा भ्वाइस ओभर गर्नुभएको छ ।




















