नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नेपालकै नम्बर १ अभियान।

काठमाडौं:= नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमाका क्षेत्रमा नेपाल लाइफ देशकै नम्बर १ जीवन बिमा कम्पनी भएको दाबी गरेको छ । नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत् ‘नेपालकै नम्बर १ अभियान’ सार्वजनिक गरी तथ्यपरक प्रमाण प्रस्तुत गर्दै यस्तो दाबी गरेको हो ।

कम्पनीको चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, ४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी, ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको जनाएको छ ।

नेपाल लाइफले जनतामा जीवन बिमाको महत्वबारे सचेतना जगाउने उद्देश्यका साथ नेपालकै नम्बर १ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी समग्र जनतामाझ जीवन बिमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ । जीवन बिमाले आफूलगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधा सबैले जानून् र यसलाई विकल्पभन्दा पनि आधारभूत आवश्यकताका रूपमा हेरून् भन्ने हाम्रो चाहना हो ।’