लोकप्रिय मतसहित चौधरी केन्द्रीय सदस्यमा निर्वाचित।

काठमाडौं:= विश्वका खर्बपतिको सूचीमा रहनुभएका नेपालका उद्योगपति विनोदकुमार चौचरी लोकप्रिय मतसहित नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । मधेशी खुला पाँच सिटका लागि भएको प्रतिस्पर्धामा चौधरी दोस्रो धेरै मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले दुई हजार दुई सय छ मत ल्याउनुभएको छ । केन्द्रीय सदस्यमा विजयी भएपछि उहाँले सामाजिक सञ्जाल ट्विटरमा मतदाताप्रति आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभएको छ। ट्विट गर्दै उहाँले भन्नुभएको छ, ‘नेपाली कांग्रेसको १४औैँ महाधिवेशनबाट मलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति विशेष आभार प्रकट गर्दछु, यस प्रक्रियामा विभिन्न तवरबाट साथ र सहयोग गर्नुहुने महानुभावहरू, पत्रकार मित्रहरूलगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक नमन ।’