दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने।

काठमाडौं:= दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको छ । चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरूलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान, सीप दिने तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिने उद्देश्यले पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा मंसिर २३ गतेदेखि २७ गतेसम्म कार्यशाला आयोजना हुनलागेको हो ।

निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायांकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिने कार्यशालामा पटकथा लेखन, निर्देशन, छायांकन र अभिनय विधामा प्रशिक्षण दिइने पहल नेपालका अध्यक्ष केएल पीडितले बताउनुभएको छ ।