किरण सम्मिलित टोलीलाई उपाधि।

काठमाडौं:= माल्दिभ्समा नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ सम्मिलित माजिया स्पोट्र्स क्लबले रिक्रियशन माल्दिभियन एफए च्यारिटी शिल्डको उपाधि जितेको छ ।

माल्दिभ्सको नेशनल स्टेडियममा बुधबार राति भएको खेलमा माजियाले क्लब भ्यालेन्सियामाथि ५-० को फराकिलो जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो ।

माल्दिभ्सको शीर्ष लिग सुरु हुनुअघि गत सिजनको लिग च्याम्पियन र एफए कप विजेताबीच हरेक वर्ष एफए च्यारिटी शिल्ड आयोजना हुँदै आएको छ । नयाँ सिजनका लागि यसै वर्ष नेपाली कप्तान किरण माजियामा अनुबन्धित हुनुभएको छ । प्रि-सिजनको पहिलो खेलमै उहाँलाई उपाधि हात परेको हो ।