बैंक अफ काठमाण्डू (बिओके)को १४ प्रतिशत लाभांश पारित।

काठमाडौं:= बैंक अफ काठमाण्डू (बिओके) को वार्षिक साधारणसभाले प्रस्तावित १४ प्रतिशत लाभांश पारित गरेको छ। बुधबार सम्पन्न २७औँ साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

अब बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र चार प्रतिशतका दरले नगद लाभांश पाउनेछन् । बैंकले हाल ९१ शाखा, ८४ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।