चौधरी ग्रुपअन्तर्गतको सिजी ब्रुअरीको टिमुर बियर।

काठमाडौं:= चौधरी ग्रुपअन्तर्गतको सिजी ब्रुअरीले नेपालमा पहिलोपटक टिमुर बियर ल्याएको छ । नेपाल आइस ब्रान्डअन्तर्गत टिमुर बियर उत्पादन गरेको हो, जुन बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीको दाबी छ । टिमुरको स्वादमा उत्पादित बियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिन उपभोग गरिँदै आएको छ । टिमुरको समिश्रणबाट उत्पादित बियर जाडो मौसममा पिउन उत्कृष्ट मानिएको छ । छ सय ५० मिलिलिटर र तीन सय ३० मिलिलिटरको बोतलमा बजारमा उपलब्ध बियरको मूल्य क्रमशः तीन सय ४० र एक सय ७५ रुपैयाँ रहेको छ ।