काठमाडौं:= नेपाली कला क्षेत्रमा सम्पादनको रूपमा आफ्ना कार्यमार्फत ख्याती कमाउन सफल हुनुभएको छ संगीता खत्री । उहाँले आफ्ना क्रियशनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ। उहाँले यो क्षेत्रमा पु¥याएको योगदानस्वरूप विभिन्न मानसम्मान, पुरस्कार र अवार्ड चुम्न सफल हुनुभएको छ ।
भोगाइ, परिवेश र प्रभावलाई सिर्जनाको आधार बताउनु हुने संगीता छोटो समयमै नेपाली चलचित्रमा क्षेत्रमा धेरैको रोजाइमा पर्न सफल हुनुभएको छ । आफ्नो रुचिको क्षेत्र यही भएकाले उहाँले यस क्षेत्रलाई विस्तारै बुझ्दै र अध्ययन गर्दै २००९ देखि यो क्षेत्रमा सक्रिय रूपमा लागेको बताउनुहुन्छ ।
संगीताले यस क्षेत्रमा केही चलचित्र, सर्ट मुभी र म्युजिक भिडियोहरूमा काम गर्नुभएको छ । पहिलादेखि मुभीहरू हेर्ने, कसरी बनाउँछ भन्ने जिज्ञासा राख्ने उहाँ पछि सिक्दै, बुझ्दै जाँदा आफैंले यो भन्दा राम्रो गर्न सक्छु भन्ने यो क्षेत्रमा होमिएको बताउनुहुन्छ । उहाँले ‘दृष्टि’, ‘हाम्रो नेपाल’, ‘एकल महिला’ ‘धोका’ ‘नियत’, ‘जातभात’, ‘विमला’ ‘काजल’, ‘परदेशी व्यथा’, ‘तीजको व्यथा’लगायत धेरै प्रस्तुतिको सम्पादानमार्फत वाही–वाही बटुल्न सफल हुनुभएको छ ।
आफ्नो क्षेत्रमा राम्रो प्रस्तुति दिएर संगीता हरेक कार्यलाई आफूले कसरी लिइन्छ त्यसमा भर पर्ने बताउनुहुन्छ । आफूले गरेका कार्यमा अझ विशिष्टता प्रस्तुत गर्नु आफैंमा चुनौती रहेको उहाँको मान्यता छ । ‘म हरेक मेरा काममा विशिष्टता प्रस्तुत गर्ने कोसिसमा हुन्छु, हरेक काममा केही उल्लेखनीय प्रस्तुत गरौं भन्ने लाग्छ, सायद त्यही भएर नै होला भन्ने लाग्छ मेरा कार्यलाई मन पराइएको छ’, उहाँ भन्नुहुन्छ । दर्शकमाझ आफ्ना प्रस्तुतिलाई पुर्याउँदा सर्टहरू मिलाउने कलर र क्वालिटीमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

राम्रो प्रस्तुतिका लागि कला क्षेत्रमात्र होइन हरेक क्षेत्रमा त्यतिकै च्यालेञ्ज रहने मान्यता राख्ने संगीता आफू यो क्षेत्रमै आफ्नो सपना र विपना एक गरेर अघि बढिरहेको दाबी गर्नुुहुन्छ । ‘यही क्षेत्रमा अझ उत्कृष्टता हासिल गर्ने योजना रहेको छ, अझ राम्रो गर्ने योजना छ, यही क्षेत्रमा विशेष पहिचान कायम कसरी गर्ने भनेर हरसमय तल्लिन रहन्छु, यो क्षेत्रबाटै मेरो आफ्नो पहिचान जुन स्थापित भएको छ त्यसलाई अझ व्यापक र विस्तारको योजनामा छु’, उहाँ भन्नुहुन्छ । यो क्षेत्र राम्रो रहेको र बुझेर, पढेर आउँन उहाँ नयाँलाई सल्लाह सुझाब दिनुहुन्छ । ‘आफूमा खुबी भयो भने तपाइँ अवश्य राम्रो गर्न सक्नुहुन्छ’, संगीता भन्नुहुन्छ ।
सम्पादनको काम गर्दा आर्थिक रूपमा सक्षम हुने अवस्था रहेको बताउनुहुने उहाँ पछिल्लो समय कोरोना संक्रमणका कारण ठूलो पर्दाका चलचित्र कम बनेका भए पनि सर्ट भूमि, सिरियल, टेलिचलचित्र, हास्य सिरियल, म्युजिक भिडियामा तथा अन्य दृश्य सामग्रीमा सम्पादकहरू व्यस्त नै रहेको बताउनुहुन्छ । सिर्जना गर्न समाज र परिवेश मूलरूपमा अस्पृश्यता प्रेरणा रहेको बताउनुहुने संगीता सिर्जनाको आत्मा त्यसको प्रभाव, आकर्षण र सामथ्र्यलाई मान्नुहुन्छ । सामाजिक कार्यमा पनि त्यतिकै रुचि राख्ने उहाँ यस्ता कार्य हरेक मान्छेको सामाजिक दायित्व रहेको मान्यता राख्नुहुन्छ ।