ओशो तपोवनमा अभिनेत्रीद्वय।

काठमाडौं:= गत शुक्रबार अभिनेत्री नम्रता सापकोटा नागर्जुनस्थित ओशो तपोवनमा पुग्नुभयो । जसको जानकारी उहाँले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै दिनुभयो । ‘प्रेम लक्ष्य हो, जीवन यात्रा हो’ तस्वीरका साथ लेख्नुभएको छ ।

तस्वीरमा उहाँको हातमा एउटा पुस्तकसमेत देख्न सकिन्छ । जसको आवरणमा ओशोको तस्वीर छ । उहाँले रातो पहिरन लगाउनुभएको छ । पहिरनबाट उहाँ ध्यानका लागि तपोवन पुगेको अनुमान गर्न सकिन्छ । त्यस्तै आइतबार फेरि उहाँको फेसबुकमा नयाँ तस्वीर आएको छ सो तस्वीर अभिनेत्री सोभिता सिंखडाले शेयर गर्दै पोष्ट गर्नुभएको हो ।

तस्वीरका साथ सोभिताले लेख्नुभएको छ, ‘ओशा परिवारमा स्वागत छ’, सिंखडाको पोष्टमा धेरैले सापकोटालाई बधाई दिएका छन् । अभिनेत्री सापकोटा पछिल्लो समय फिल्म तथा म्युजिक भिडियो अभिनयमा सक्रिय हुनुशुन्छ । उहाँ केही पहिले अविवाहित आमा बन्ने विचार व्यक्त गरेर चर्चामा हुनुहुन्थ्यो ।