काठमाडौं:= पछिल्लो साता पनि सेयर बजार घट्नेक्रम रोकिएको छैन । पछिल्लो साता ५.२७ प्रतिशतले नेप्से परिसूचक घटेको छ भने एक खर्ब ९१ अर्ब ५० करोडले बजार पुँजीकरण पनि घटेको छ ।
कुल बजार पुँजीकरण ४५ खर्ब नजिक पुगेको छ । अघिल्लो सातासम्म कुल बजार पुँजीकरण ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख थियो भने सेयर बजार ५.३३ प्रतिशत घटेको थियो । पछिल्लो साता पाँच कारोबार दिनमा पहिलो दिन ७२.३२ अंकले घटेको बजार दोस्रो दिन ३२.२२ अंकले बढेको थियो ।
तेस्रो दिनदेखि भने बजार निरन्तर घटेर बन्द भएको थियो । तेस्रो दिन ३७.१८ अंक, चौथो दिन ५३. १० अंक र पाँचाँै दिन ५.८४ अंकले घटेको हो । साताको बजार २५९०. ७५ अंकसम्म पुगेको थियो भने घटेर २४२८.३३ अंकसम्म झरेको थियो ।
गत साता १९ अर्ब ८ करोड ८७ लाख ८९ हजार बराबरको तीन करोड ९८ लाख १९ हजार चार सय १९ कित्ता सेयर कारोबार भएकोमा पछिल्लो साता १७ अर्ब नौ करोड ८६ लाख ७० हजार बराबरका तीन करोड ९५ लाख छ हजार नौ सय ६६ कित्ता सेयर कारोबार भएको थियो ।




















