काठमाडौं:= नेपाली चलचित्र ‘क्याप्टेन’बाट आफ्नो चलचित्रको यात्रा सुरु गर्नुभएकी नायिका उपासना सिंह ठकुरी एक शैक्षिक संस्थाको ब्राण्डसँग जोडिनुभउको छ । गतवर्ष एजुकेसन एण्ड माइग्रेसन कर्नरले उहाँलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको थियो । उहाँको चुलिँदो लोकप्रियतालाई मध्यनजर गर्दै यो संस्थाले दोस्रो पटक पनि उहाँलाई एक वर्षका लागि मोटो पारिश्रमिक तिरेर ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
संस्थाका कम्प्लाइन्स म्यानेजर नवराज प्रसाईंले युवापुस्तामाझ उपासनाको क्रेज र विद्यार्थीमाझ संस्थाको सकारात्मक कुरा प्रवाह गरेकाले पुनः ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको जानकारी दिनुभयो । संस्थाका व्यवस्थापक ईश्वरराज मैनालीले उपासनाको आबद्धताले कर्नरलाई थप उचाइ दिलाएको बताउनुभयो । यस्तै, उपासना संस्थाले आफूमाथि गरेको विश्वासलाई डगमगाउन नदिने बताउनुभएको छ ।
कर्नरका सिड्नी निर्देशक सुनिल उप्रेतीले उपासनाको संस्थामा पुनः आबद्धता विद्यार्थीहरूकै चाहनाको परिणाम भएको बताउनुभएको छ । यस्तै, संस्थाले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । पुस ७ गते काठमाडौं, पुस ९ गते पोखरा, पुस ११ गते इटहरी, पुस १२ गते दमक, पुस १३ गते विर्तामोड, पुस २३ गते हेटौंडा, पुस २४ गते चितवन र पुस २५ गते बुटवलमा शैक्षिक मेलामा हुनेछ ।




















