[ राम अवतार चाैधरी ]
कपिलवस्तु:= कपिलवस्तुकाे बुद्धभुमि-२, गाेरुसिंगेमा पत्रकारहरुका लागि आधारभूत आँखा स्वास्थ्य सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको आयोजनामा बुधबार तालिम सम्पन्न भएको आयाेजकले जनाएको छ ।
कपिलवस्तुका स्थानिय निकायहरुसँग नि:शुल्क आँखा शिविर सञ्चालन गर्दै आएको अस्पतालले जिल्लाका पत्रकारहरुलाई आँखा स्वास्थ्य सम्बन्धि जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

जटिल अवस्थामा समेत अस्पतालले सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्दै न्युन आर्थिक आय भएका कपिलवस्तु लगायतका भारतका केहि जिल्लामा समेत अस्पाताले प्रभावकारी सेवा दिँदै आएको अस्पतालका प्रशासकीय अधिकृत जसराज वि.क.ले जानकारी दिए । छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट आउने सेवाग्राही तथा स्थानीय नागरिकहरु पुर्ण रुपमा सन्तुष्ट भएको अस्पतालले बताएको छ।
जिल्लाका दर्जनाैँ पत्रकारहरु सहभागी भएका कार्यक्रममा अस्पतालकाे प्रभावकारी सेवाका कारण पनि सेवाग्राहीको चाप दिनानुदिन बढ्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताए । यस क्षेत्रका आम नागरिकका लागि अस्पतालले एकदमै सर्हानिय कार्य गर्दै आएकाे समेत बज्राचार्यले उल्लेख गरे ।




















