शिवराज नगरपालिका-५, कहराबाट अवैध काठ सहित साइकल बरामद।

[ राम अवतार चाैधरी ] 

कपिलवस्तु:= कपिलवस्तुमा शिवराज नगरपालिका-५, कहराबाट अवैध काठ सहित साइकल बरामद गरिएकाे छ । बिहिवार कहराबाट ४५.७९ क्युफिट सालकाे काठ सहित ९ वटा बरामद गरिएकाे गाैतबुद्घ डिभिजन वन कार्यालय चन्द्राैटाले जनाएकाे छ ।

साइकलमा लाेड गरी चाेरी निकासीका लागि झाडीमा लुकाइ राखेको अवस्थामा फेला परेकाे बताइएको छ । सहायक वन अधिकृत प्रेम शंकर गुप्ताकाे अनुसार जिल्ला दर रेट अनुसार काठकाे मुल्य रू. १ लाख ५४ हजार बराबरको रहेकाे जानकारी दिए ।

डिभिजन वन कार्यालय र शिवराज साझेदारी वन कार्यालयका कर्मचारीहरूको संयुक्त टाेलीले वन गस्ती गर्ने क्रममा बिहान करिब ८ बजे कहराबाट काठसहित साइकल नियन्त्रणमा लिएकाे अधिकृत गुप्ताले बताए । डिभिजन वन कार्यालय चन्द्राैटाले लुकाइएकाे अवैध काठ कसले चाेरी निकासी गरी राखेकाे पत्ता लाग्न नसकेकाे र थप अनुसन्धान भइरहेको समेत वनले जनाएकाे छ ।