काठमाडौं:= हरर जनरामा निर्माण भएको चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरूको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ ।
केही दिनमा चलचित्रको दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण टीम रहेको छ । आगामी पुस १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई भीमसेन लामाले निर्देशन गर्नुभएको हो भने पृथ्वी रानामगर निर्माता हुनुहुन्छ ।
निर्देशक लामा लण्डन र निर्माता मगर हङकङमा भएकाले चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा उपस्थिति हुन सक्नुभएन। चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायत कलाकारहरूको अभिनय छ । यो चलचित्रलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गर्नुभएको छ ।
चलचित्रका कलाकारदेखि लेखिका सम्पदा मल्लसम्मले ट्रेलर रिलिज कार्यक्रममा मास्क लगाएर प्रवेश गर्नुभएको थियो । हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा दुईवटा महत्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’को सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा हुनुहुन्छ ।




















