‘पिरती लाम भन्छे’ मा दुर्गेश र रेश्माको जोडी।

काठमाडौं:= नयाँ लोक तथा दोहोरी गीत ‘पिरती लाम भन्छे’ सार्वजनिक गरिएको छ । गायिका समीक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको सो गीतमा वीरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको लय छ । गीतको भिडियोमा लोकप्रिय मोडल दुर्गेश थापा र रेश्मा केसीको अभिनय छ । शिव विकले निर्देशन गरेको भिडियोमा दुर्गेश र रेश्माको जोडी बाँधिएको हो।

अडियोको मीठाससँगै उत्कृष्ट भिडियो मेकिङका कारण दर्शकको सकारात्मक प्रतिक्रिया आइरहेको छ । गीतबारे आएको प्रतिक्रियाबाट मोडल रेश्माले खुशी व्यक्ति गर्नुभयो । ‘मैले यसअघि गरेका भिडियोमध्ये यसमा निकै मिहिनेत गरेकी छु ।

राम्रो टिमसँग काम गर्ने मौका मिलेको छ । यसमा टिमप्रति आभारी छु,’ रेश्माले हिमालय टाइम्ससँग भन्नुभयो, ‘दर्शकमाझ छाडेका छौं आशा छ सबैलाई मन पर्नेछ ।’ अजय रेग्मीले खिचको भिडियोमा पदम सुवेदीको सम्पादन छ ।