स्टार ईन्टरनेशनल अवार्डको दोस्रो संस्करण होटल र्‍याडिसनमा सम्पन्न।

काठमाडौं:= स्टार ईन्टरनेशनल अवार्डको दोस्रो संस्करण होटल र्‍याडिसनमा सम्पन्न भएको छ । रक्षा मन्त्री डा। मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा नेपालका ख्याती प्राप्त कलाकार, सौन्दर्यविद, खेलाडी,समाजसेवीलगायत करिब दुई दर्जन सर्जक स्रष्टाहरू सम्मानित भएका थिए ।

सम्मानित हुनेमा नायक धिरेन शाक्य, खेलाडी तथा मोडल नन्दा बस्याल, नायक गजित विष्ट, अभिनेत्री विपना बस्नेत, सञ्चारकर्मी कृष्ण भुसाल, ईभेन्ट अर्गनाईजर शान्ता कुमारी तामाङ, कलाकार प्रेम पाण्डे, युवा व्यवसायी सन्दिप खनाल, कलाकार रमेश श्रेष्ठ तथा सुनिता गुरुङ, सञ्चारकर्मी माधव र्निदोष, गायक रामकृष्ण श्रेष्ठ, ग्लोबल अनलाईन पेका डेविलसिंह राजपुत, सौन्दर्यविद मेनुका शिवाकोटीलगायत हुनुहुन्थ्यो ।

यसअघि कतारको दोहामा नेपालबाट करिब ११० भन्दा बढि कलाकर्मीहरूलाई दोहा लगेर सम्मान गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको विशेष आतिथ्यतामा सम्पन्न उक्त अवार्ड कार्यक्रममा नायक सरोज खनालले वर्षको पपुलर अभिनेताको अवार्ड हात पार्नुभयो भने भने डा। डीआर उपाध्यायले सर्वोत्कृष्ट गीतकारको अवार्ड चुम्नुभयो ।

दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित उक्त अवार्ड कार्यक्रममा नेपालका सदावहार नायक भुवन केसी, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नायक रमेश उप्रेती, नायिका रेजिना उप्रेती, गायिका सिन्धु मल्ल, कलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्राकार, वरिष्ठ गायक सीताराम पोखरेल, वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ कलाकार मोहन निरौला, निर्देशक दीपक आचार्य ‘काकू’लगायतको विशेष उपस्थिती रहेको थियो ।

विदेशमा आयोजना हुँदै आएको उक्त अवार्ड कोरोना महामारीका कारण यो वर्ष स्वदेशमै भएको जानकारी आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले बताउनुभयो । हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ले अवार्ड कार्यक्रम सञ्चालन गर्नुभएको थियो । जुरी मेम्वरमा रहनुभएका वरिष्ठ मेकअप आर्टिष्ट श्याम लामा, वरिष्ठ सौन्दर्यविद गीता पौडेल र देवमान तण्डुकारलगायत अतिथीहरूले अवार्ड विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।