प्रभावनको तिहार गीत आँशुको धारा।

काठमाडौं:= दीपावलीको अवसर पारेर गायक प्रभावन जे र श्याम धितालको नयाँ तिहार गीत सार्वजनिक गरिएको छ । ‘आँशुको धारा’ बोलको गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जे को संगीत रहेको छ ।

साजन पराजुलीको निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन तथा कृष्ण गौतमको सम्पादन रहेको छ । विदेशमा रहेको टुहुरा दाजु र गाउँमा रहेकी टुहुरी बहिनीको भेट हुन नपाएको कथा बोल्ने भिडियोमा साजन पराजुली, अस्मि थापा र बाल कलाकार स्नेहा चालिसे र युग पौडेलको अभिनय रहेको छ । भिडियो डिएआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।