अडिस अबाबा:= इथियोपियामा देशव्यापी संकटकालको घोषणा गरिएको छ । विद्रोहीहरूले निरन्तर हमला गर्न थालेपछि त्यहाँको सररकाले देशव्यापी रूपमा संकटकालको घोषणा गरेको हो । पछिल्लो समय विद्रोही समूह टिग्रेले देशका विभिन्न भागमा हिंसात्मक गतिविधि तीव्र पारेपछि त्यसलाई नियन्त्रणमा लिन संकटकालको घोषणा गरिएको त्यहाँको सरकारले जनाएको छ ।
अघिल्लो हप्ता राजधानी क्षेत्र कब्जा गर्ने भन्दै टिग्र समूहले विभिन्न शहरबाट ¥यालीसहित मार्चपास गर्दा सरकारी सेनासँग झडप भएको थियो । विद्रोही टिग्रेका लडाकूहरूले हालैका दिनमा छिमेकी अम्हरा क्षेत्रका रणनीतिक शहरहरू डेसी र कोम्बोल्चा नियन्त्रणमा लिएसँगै अन्य क्षेत्रमा पनि बढ्ने संकेत पाएसँगै त्यहाँको सरकारले संकटकालको घोषणा गरेको हो ।




















