काठमाडौं := कलाकार जितु नेपालले सञ्चालन गरिरहेको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आउँदो साता अन्तिम एपिसोडसँगै डेढ वर्षको लामो यात्रा समाप्त हुन लागेको सञ्चालक जितु नेपालले जानकारी गराउनु भएको छ ।
उहाकाअनुसार सुरुवातदेखि टिममा रहेका कलाकार उमेश राई (फुलन्देकी आमा)खबर नै नगरी अर्को सोमा होष्ट बन्न गएपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्न लागिएको हो । टिमको एकजनाले सल्लाह नै नगरी अर्को सोेमा गएपछि बन्द गर्नुपर्ने भएको हो ।
हुन त सिजन २ पुगिसकेको छ राम्रो नै भइरहेको थियो । तर, एउटै टिममा काम गर्नेहरूले खबरै नगरी यसो गरेपछि केही समय ब्रेक लिन लागेका हौं’, उहाले भन्नुभएको छ । अहिले सिजन–२ को ५४औं एपिसोड पुगिसकेको सो नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ । कलाकार जितुले नयाँ तरिकाको अर्को शो ल्याउने तयारीमा जुटेको बताउनुभएको छ ।




















