तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल कात्तिक १६ गते मंगलबार द्वादशी तिथि कात्तिक कृष्णपक्ष : सूर्याेदय : ६ः१६, सूर्यास्त : १७ः१, तारिख २ प्रदोषव्रत, यमदीपदान ।

मेष : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

वृष : नयाँ-नयाँ ठाउँको यात्रा गर्ने मौका मिल्न सक्छ ।

मिथुन : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।

कर्कट : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनसक्छ ।

सिंह : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।

कन्या : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने अवसर जुट्न सक्छ ।

तुला : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुनसक्छ ।

वृश्चिक : स्वास्थ्यमा समस्या आइपर्न सक्छ, सचेत रहनुपर्ला ।

धनु : अतिथिको आगमन हुँदा मन खुसी हुनेछ ।

मकर : साथीभाइको सहयोगले काम बन्न सक्छ ।

कुम्भ : धार्मिक कार्यमा सक्रिय सहभागिता हुन सक्छ ।

मीन : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।