कोरोना दिनानुदिन बढ्न थालेपछि रूसमा पुनः ‘लकडाउन’

रुस := रूसमा फेरि ‘लकडाउन’ गरिएको छ । कोरोना संक्रमण दर दिनानु दिन बढेपछि रूसमा बिहीबारदेखि पुनः लकडाउन गरिएको हो ।

कोरोना संक्रमण बाट एकै दिन ११ सय जनाको मृत्यु भएपछि रूसमा बिहीबारदेखि लागू हुनेगरी देशभर एक महिनाको लकडाउन गरिएको हो । लकडाउन अवधिभर औषधि पसल र सुपरमार्केटबाहेक अन्य कुनै पनि व्यवसाय वा व्यापारिक क्षेत्र खोल्न प्रतिबन्ध लगाइएको छ ।

पछिल्लो समय रूस कोरोना महामारीको मारमा परेको छ । दैनिक संक्रमितको संख्या ३० हजार नाघेपछि त्यहाँका अस्पतालहरू कोरोना संक्रमितले खचाखच भरिन थालेका छन् । कोरोनाबाट मृत्यु हुनेहरूमा दोस्रो डोज खोप लगाएकाहरू पनि रहेका छन् ।

यसअघि रूसले सेन्ट पिटर्सबर्गसहित मुख्य शहरहरूका पसलहरूमात्रै बन्द गर्ने घोषणा गरेकोमा संक्रमण हृवात्तै बढेपछि देशव्यापी लकडाउन गरिएको हो । रूसमा कोरोनाका कारण पछिल्लो समयसम्म दुई लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ ।