प्रशिक्षक अलमुताइरी अब थप ३ वर्ष नेपालमै रहने, नेपाली खेलाडीलाई प्रशिक्षण दिने।

काठमाडौं := नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अब थप ३ वर्षसम्म नेपालमा बसेर नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिने भएका छन्।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलमा अल्मुताइरीले थप ३ वर्ष नेपालमा बसेर प्रशिक्षकको भूमिका निर्वाह गर्न सहमत भएका हुन्।

अब, एन्फा र अल्मुताइरीबीच थप तीन वर्ष वर्षका लागि सम्झौता हुनेछ । यसअघि नेपाल साफ च्याम्पियनसिपको २८ बर्षे यात्रामा पहिलोपटक फाइनल पुग्दा प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीको प्रशिक्षक पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । सोहीअनुसार नेपाल भारतसँग पराजित भएर उपविजेता भई स्वदेश फर्कदा अब्दुल्लाह नेपाल नआइ सिधै कतार गएका थिए।

प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत एक स्टाटस सेयर गर्दै उनले आफू थप तीन वर्षका लागि नेपाल फर्किएको र आगामी २ वर्षे योजनाहरु बनाउने पनि बताएका छन् । उनले नेपाली फुटबल प्रेमी, दर्शक सबैलाई धन्यवादसमेत दिएका छन्।