मुख्यमन्त्री शाक्यले दिइन् राजिनामा, अर्को सूचना नआए सम्म बैठक स्थगित।

हेटौंडा:= बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

मार्ग प्रशस्त गर्दै उहाँले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गर्नुभयो । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उहाँले राजीनामा दिनु  भएको हो ।

प्रदेशसभामा पाँचदलिय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उहाँले राजीनामा दिनु भएको हो । प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकार गठन हुने भएको छ ।

उहाँको पाटीसंगै नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका दलको सहभागितामा बागमती प्रदेश सरकार गठन हुन लागेको हो ।सभामुख सानुकुमार श्रेष्ठले अर्को सुचना नआएन्जेल सम्म बैठक स्थगित गर्नुभएको छ ।