एजेन्सी न्यूयोर्क:= मानव शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न अमेरिकी चिकित्सक सफल भएका छन् । उक्त सफलतासँगै अंगदानमा देखिएको अभाव पूर्ति हुने चिकित्सकले विश्वास लिएका छन् । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति ब्रेन डेडु अर्थात् मस्तिष्कले काम नगर्ने बिरामीसमेत थिए । यसको अर्थ उनी पहिलादेखि जीवन रक्षक उपकरणको सहारा लिएका व्यक्ति थिए ।
हालसम्म उक्त प्रत्यारोपणबारे कुनै समीक्षा गरिएको छैन भने यससम्बन्धी निष्कर्ष प्रकाशित भएको छैन । यो प्रत्यारोपण हालसम्मकै विकसित प्रयोग गरिएको बताइएको छ । न्यूयोर्क युनिभर्सिटी लैन्गोन हेल्थ मेडिकल सेन्टरका सर्जनले बिरामी व्यक्तिको रक्तनलीमा सुँगुरको मिर्गौला जोडेर काम गर्ने वा शरीरले अस्वीकार गर्ने भनेर हेरेका थिए ।
साढे दुई दिनसम्म उनीहरूले मिर्गौलालाई नजिकबाट अवलोकन गर्दै कैयौं प्रकारका परीक्षण गरे । मुख्य चिकित्सक डाक्टर रोबर्ट मोन्टगोमरीले पछिल्लो प्रयोग सुरुवाती शोध भएको र यसका लागि थप अध्ययन आवश्यक पर्ने बताउनुभएको छ ।




















