नायकले चलाएको बन्दुकबाट गल्तीले सिनेमेटोग्राफरको मृत्यु।

एजेन्सी:= हलिउड चलचित्र ‘रस्ट’को सुटिङमा एक भयानक दुर्घटना भएको छ । सुटिङको क्रममा एक नायकले चलाएको बन्दुकको गोली गल्तीले सिनेमेटोग्राफरलाई लाग्दा मृत्यु भएको छ।

अभिनेता एलेक बाल्डविन आफ्नो नयाँ चलचित्र ‘रस्ट’को सुटिङ प्रोप बन्दुक प्रयोग गर्दा गल्तीले उहाँका हातबाट सिनेमेटोग्राफर हलिना हचिनको मृत्यु भएको हो । यो घटनामा चलचित्रका निर्देशक जियोल सुजासमेत घाइते हुनुभएको छ।

यो घटना अमेरिकाको सान्टा फेस्थित बोनाका क्रिक राञ्चमा भएको हो । गोली फायरिङपछि सिनेमेटोग्राफर हलिनालाई तत्काल यूनिभर्सिटी अफ न्यू मेक्सिको अस्पताल लगिएको थियो, तर उहाँको अस्पतालमै ज्यान गयो । निर्देशक जियोलको भने नजिकैको मेडिकल सेन्टरमा उपचार गरिएको थियो।

सान्टा फेका सेरिफका अनुसार अहिलेसम्म अभिनेता एलेक बाल्डविनविरुद्ध कुनै आरोप दायर भएको छैन । उहाँलाई पक्राउ पनि गरिएको छैन । सेरिफ कार्यालयले घटनामा अझै अनुसन्धान भइरहेको बताएको छ । बाल्डविनका प्रनितिधिहरूले पनि यस विषयमा कुनै टिप्पणी दिएका छैनन्।

बाल्डविनले ‘बिटल जुस’, ‘द क्याट इन द हृयाट’, ‘द बस बेबी’, ‘माडास्कार’, ‘द डिपार्टटेड’ जस्ता थुप्रै चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ । नयाँ फिल्म ‘रस्ट’मा भने बाल्डविन कुख्यात अपराधीको भूमिका देखिनुहुनेछ । जसको नाति आकस्मिक हत्याको दोषी ठहरिएको हुन्छ।